सविता सिंह ठकुरी :
करेलाको स्वाद तितो भएतापनि यसलाई धेरैजसो मानिसहरले मन पराउने गर्दछन् । प्रायजसो करेलालाई औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । करेलामा धेरै मात्रामा भिटामिन, एन्टिअक्सिडेन्ट पाइन्छ । डाइबिटिज, क्यान्सर, मुटु, छालालाई फाइदा गर्दछ । १०० ग्राम करेलामा १९ ग्राम क्यालोरी पाइन्छ भने फाइबर २.४ मिलिग्राम, फ्याट कम मात्रा १ ग्राम पाइन्छ ।
करेलामा धेरै मात्रामा एन्टिअक्सिडेन्टहरु क्याटेसिन, ग्यालिक एसिड, एपिक्याटेसिन, क्लोरोजेनिक एसिड पाइन्छ । करेलामा भिटामिन, मिनरल, आइरन, म्याग्नेसियम, पोटासियम, जिङ्क जस्ता थुप्रै गुणहरु पाइन्छन् । त्यसैले करेलाको प्रयोग स्वास्थयको लागि एकदमै दाभदायक मानिन्छ । कतिपय बलड प्रेसर भएका रोगीहरुले प्रेसर कम गर्न यसको जुस बनाई औषधिको रुपमा प्रयोग गर्ने गर्दछन् । करेलाको प्रयोग औषधिय फाइदा मात्र नभई शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याउँदछ ।
करेला खाँनुका फाइदाहरु
१. करेलाको दैनिक प्रायोगले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
२. करेलाको जुस वा करेला डाइबिटिज बिरामीको लागि निकै फाइदा हुन्छ ।
३. करेलको प्रयोगले कपालमा चाँया पर्ने, हाँगा हाल्ने जस्तो समस्या कम गर्दछ र कपाललाई स्वस्थ राख्न मद्दत गर्दछ ।
४. अनुहारको लागि पनि निकै फाइदा हुने गर्दछ । एजिङ हुनबाट रोक्छ अनुहारमा चाउरिपना देखिनेजस्तो समस्या कम गरि चम्किलो बनाउँछ ।
५. कलेजोमा रहेका बिकारहरुलाई सफा गर्ने काम गर्दछ र इम्युनिटि बढाउँन मद्दत गर्दछ ।
६. करेलामा धेरै मात्रामा फाइबर पाइन्छ जसले डाइजेसन गर्नमा मद्दत गर्दछ र कब्जियत हुनबाट बचाउँछ ।
७. करेलामा पाइने एन्टिअक्सिडेन्टले कोलोन क्यान्सर हुनबाट बचाउँछ ।
८. करेलाको दैनिक प्रयोगले कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।
९. करेलाको प्रयोगले कमजोरी र थकान हटाउन मद्दत गर्दछ ।