काठमाडौं, ६ भदौ । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साह नेतृत्वको आम जनता पार्टीले युवा नेता बालकृष्ण सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
अध्यक्ष साहले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनितको साथै पार्टी केन्द्रीय कार्यालयको सचिवमा पनि नियुक्त गरेका छन् । रौतहटका सापकोटा स्थापना कालदेखि नै पार्टीको संगठन निर्माण र अध्यक्ष साहको भिजनलाई कार्यान्वयन गराउन सक्रिय छन् ।
आजपाको केन्द्रीय कमिटीको दोस्रो ऐतिहासिक बैठक यही भदौ ११ गते बस्ने भएको छ । काठमाडौंको प्रज्ञा भवनस्थित् लेखनाथ हलमा हुने केन्द्रीय कमिटीको उक्त दोस्रो ऐतिहासिक बैठकमा अध्यक्ष साहले राष्ट्रिय महत्वका विषयमा केन्द्रित रहेर विशेष सम्बोधन गर्ने नेताहरुले जनाएका छन् । आजपाका नेताहरुले आफ्नो पार्टी आम जनताको शासन तथा व्यवस्था स्थापित गर्न क्रियाशिल रहेको दाबी गर्दै आएका छन् ।