काठमाडौं, भदौ ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदैछ । शुक्रबारसम्म चल्ने बैठकको एजेन्डा यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट तय गरिसकेको छ ।
बैठकमा पार्टी अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
यसैगरी बैठकमा संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री एवं विभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन् ।