Logo

द वेस्टमिन्स्टर कलेज युटिसी म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर सम्पन्न



काठमाडौं, भदौ ८ । आठौँ संस्करणको ‘द वेस्टमिन्स्टर कलेज युटिसी म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर २०२३’ शैक्षिक मेला सम्पन्न भएको छ ।

राजधानीको दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा एक समारोहका बिच आयोजित शैक्षिक मेला विहिबार सम्पन्न भएको हो । कार्यक्रममा ५० भन्दा बढि विभिन्न विषय पठनपाठन गराइरहेका म्यानेजमेन्ट एण्ड आइटि विषय सँग सम्बन्धित कलेजहरूको सहभागीता रहेको थियो ।

शैक्षिक मेलामा काठमाडौं बिश्वविद्यालय, त्रिभुवन बिश्वविद्यालय, पोखरा बिश्वविद्यालय, पूर्वाञ्चल बिश्वविद्यालय, लगायत बिदेशी बिश्वविद्यालयहरूबाट सम्बन्धन प्राप्त कलेजहरूको सहभागिता रहेको थियो । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बिलश्वविद्यालयसँग सम्बन्धन प्राप्त ५० भन्दा बढी कलेजहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

शैक्षिक मेलामा सहभागी कलेजहरूले नेपालमा म्यानेजमेन्ट सँगसँगै आइटि विषयको राम्रो स्कोप रहेको र विदेशमा भन्दा नेपालमै गुणस्तरीय शिक्षा दिनको लागि आफुहरू कटिबद्ध रहेको बताएका छन् । उनिहरूले, पछिल्लो समय नेपालबाट पढ्नको लागि विद्यार्थीहरू अधिकांश विदेसिएकाले नेपालको शिक्षामा विद्यार्थीहरूको लगानी मात्र भएको र कमाई नभएको प्रति चिन्ता र चासो व्यक्त गरेका छन् ।

त्यस्तै, शैक्षिक मेला आयोजक संस्था युनिभर्सल थट कन्सल्टका प्रशासन तथा वितिय व्यवस्थापक प्रकाश ढकालले, कक्षा १२ उत्तिर्ण विद्यार्थीहरूलाई शैक्षिक गन्तव्य पहिचान गर्न सहज होस् भन्ने हेतुले शैक्षिक मेला आयोजना गरिएको बताए ।

उनले शैक्षिक मेलामा करिव २५०० भन्दा बढि विद्यार्थी, अभिभावक सहित शिक्षक शिक्षिकाहरूको सहभागीता रहेको जानकारी दिए । उनले विद्यार्थीहरूले विभिन्न कलेजको बारेमा जान्ने बुझ्नुुका साथै उत्कृष्ट कलेज समेत छनौट गरेको बताए । म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियरको यो आठौं संस्करण हो ।

काठमाण्डौको बानेश्वरमा २५०० वर्गमिटर क्षेत्रफलमा नेपालको लागि केन्द्रिय कार्यलय सहित पुतलीसडक र सामाखुसी कार्यलयबाट सेवा सञ्चालन गर्दै आएको छ त्यस्तै काठमाण्डौ बाहिर बुटवल, पोखरा र चितवनमा शाखा बिस्तार गरि सेवा प्रदान गर्दै आएको छ ।

तस्विर: दिलिप वैद्य



प्रतिक्रिया दिनुहोस्