Logo

ललिता निवास प्रकरण : सचिव राउतलाई पनि प्रतिवादी बनाउने सरकारी वकिल कार्यालयको निर्णय



काठमाडौं, १० भदौ । ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बहालवाला सचिव कृष्णबहादुर राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको छ ।

सरकारी वकिलले राउतलाई प्रतिवादी बनाएर सरकारी लिखत किर्तेको कसुरमा मुद्दा चलाउने निर्णय गरेको बताईएको छ । राउत शाखा अधिकृत छँदा ललितानिवासको जग्गासम्बन्धी मन्त्रिपरिषदमा पठाउने एउटा फाइलमा टिप्पणी उठाएका आधारमा सीआईबीले उनलाई अनुसन्धानमा तानेको थियो ।

सिआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउँदा राउतलाई मुद्दा नचलाउन राय दिएको थियो । तर, सरकारी वकिलको कार्यालयले भने राउतलाई पनि मुद्दा चलाउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्