Logo

राप्रपाले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने !



काठमाडौं, १० भदौ । राप्रपाले संसदीय समितिको सभापति पाउने भएको छ । सत्ता गठबन्धनसँगको सहमतिमा राप्रपाका दीपक बहादुर सिंह पूर्वाधार विकास समितिको सभापति बन्ने भएका हुन् । यसअघि सो समितिको लागि माओवादी केन्द्रका सांसद माधव सापकोटाको नाम चर्चामा थियो ।

तर, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा सापकोटा समितिको सभापतिबाट ब्याक भएका हुन् । सो समितिको सभापति राप्रपालाई दिनेबारे सत्ता गठबन्धनले सहमति गरेको छ । त्यसको लागि राप्रपासँग गठबन्धनले लेनदेन गरेको बुझिएको छ । संसदीय समितिको सभापति पाउने भएपछि राप्रपाले कोशी प्रदेशमा गठबन्धनलाई सघाउने भएको छ। file photo



प्रतिक्रिया दिनुहोस्