Logo

प्रधानमन्त्री ‘प्रचण्ड’आज बुटवल जाँदै



काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन्। उनी समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न बुटवल जान लागेका हुन् ।

सो सभालाई मोर्चामा आबद्ध अन्य चार दलका शीर्षनेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनता समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिए ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्