काठमाडौं, भदौ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नमा उत्तर दिँदै उनले रािष्ट्रय गौरवका आयोजनाको प्रगति विवरण प्रस्तुत गर्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढिसकेको बताएका हुन् ।
सो आयोजनाका लागि आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ३५ करोड रुपैयाँ विनियोजन गरिसकिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले हुलाकी मार्गको डीपीआर निर्माणमा ढिलाइका कारण तीन वर्षभित्र कार्य सम्पन्न गर्ने नयाँ ‘टार्गेट सेट’ गरिएको बताए ।