काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले यसपटक पनि नयाँ जनयुद्धको थालनी गरिसकेको बताएका छन् । उनले परिवर्तन उल्टिने खतरा देखेपछि आफूले नयाँ जनयुद्धको थालनी गरेको बताएका हुन् ।
तर, यो जनयुद्धमा हिंसा भने नहुने उनको स्पष्टोक्ति थियो । पार्टी कार्यकर्ता प्रक्षिण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादीहरुले म माओवादी हुँ भन्नपनि अलिक अप्ठ्यारो मानेजस्तो र परिवर्तनका विरोधीहरु चाहीँ छाती फुलाएर हिँडेको र उनीहरुले माओवादीलाई गाली गर्दै हिँडेको अवस्थाको चित्रण गरे ।
उनले भने,‘हामी चाहीँ चुपचाप हिँडेर सुन्नपरेजस्तो, जो अवस्था थियो । त्यो अवस्था बदल्नको लागि हामीले र मैले नेतृत्व तहबाट एउटा आन्दोलन र मेरो दृष्टिबाट एउटा नयाँ जनयुद्धको सुरुवात गरेकै हो । यो नयाँ जनयुद्ध हो । यसमा हिंसा हुँदैन् । हतियारको प्रयोग हुँदैन् । तर, यो युद्ध नै हो । त्यसकारण यो युद्धको सुरुवात लिडरसिपबाट नै हुनपर्यो भनेर सुरु गरिएको छ । मलाई विश्वास छ । आउने दिनमा यो हजारौं, लाखौं र करोडौं जनताको मन यसले जित्नेछ । तपाईँहरुले पनि आत्मविश्वासको साथ हामी यो परिवर्तनको बाहक हौं, हामी देश निर्माणका अभियन्ता पनि हौं । र, हामीले नै देशलाई समाजवादतर्फ लैजाने भनेर जनताको घरघरमा हामी पुग्नुपर्छ । हाम्रा विरोधीको घरमा पनि जानुहोस । हाम्रा एजेण्डा, हामीले गर्न खोजेका काम र सरकारले गरेका राम्रा कामहरु जनतालाई बताउनुहोस । र, त्यहाँबाट फिडब्याक लिएर आउनुहोस । ३ महिनापछि आउँदा हामी केही न केही नयाँ लिएर आउँछौं ।’
https://www.facebook.com/prachanda.nepal/videos/1004793914182756