काठमाडौं, १५ भदौ । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य(सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन काठमाडौं आएका छन् ।
नेपालस्थित् अमेरिकी दूतावासले जनाएअनुसार नेपाल भ्रमणको क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यवसायिक सम्बन्धलाई थप मजबुद बनाउनेछन् ।
उनले सरकारी अधिकारीहरु, युवा नेताहरु, सांसदहरु र उद्यमीहरुसँग भेटघाट गर्ने जनाईएको छ । यसका साथसाथै उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने दूतावासले जनाएको छ ।