काठमाडौं, भदौ १६ । वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो ।
हाल वायु सेवा सञ्चालन गरिरहेका कम्पनीका आगामी पाँच वर्षमा पाँच वटा जहाज पु¥याउनुपर्ने नियम पनि जारी भएको छ । यस्तै पाइलटले उडानबाहेक व्यावसायिक गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।
वायुसेवा कम्पनीको अकाउन्टेबल म्यानेजरले कम्पनीसँग स्वार्थ बाझिने गतिविधि तथा व्यावसायिक कार्यमा संलग्न हुन नपाउने, नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको न्यूनतम पाँच वर्षसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री गर्न नपाउने, प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायु सेवा कम्पनीले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डर नियुक्त गर्न पाउने छैनन् ।
वायु सेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा एकाउन्टेबल म्यानजेरले प्राधिकरणद्वारा प्रदान गरिएको सिपिएल, एटिपिएल वा एएमएल लाइसेन्स प्राप्त गरेको भए सोको अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिसमेत गर्न नपाउने प्राधिकरणले जनाएको छ ।