काठमाडौं,१६ भदौ । नेकपा एमालेका प्रभावशाली नेता एवं सांसद गोकुलप्रसाद बास्कोटाले छिमेकी राष्ट्र चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सासहितको भूभाग नसमेटिएकोप्रति आपत्ति जनाएका छन् ।
शनिबार एक ट्वीट गर्दै पूर्वमन्त्री बास्कोटाले नेपालबाट प्रधानमन्त्री भ्रमणमा जानुअघि सुनियोजितरुपमा मित्र राष्ट्रहरुले यस्तो गतिविधि गर्ने गरेको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि भारतले जारी गरेको अखण्ड भारतको नक्साबारे नेपालका प्रधानमन्त्रीले दिएको अभिव्यक्ति स्मरण गारउँदै सम्बन्धका नाममा चेपुवामा देश हुन नसक्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्–‘प्रम प्रचण्ड भारत जानुअघि भारतले नेपालका केही भूभाग समेटेर अखण्ड भारतको नक्सा ल्यायो । प्रमले भने–सम्बन्धका कारण म बोलिन।अहिले प्रमको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्लासाई वास्तै नगरी आफ्नो नक्सा ल्यायो। के प्रम त्यहाँ पनि मौन ? सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन।’