जनकपुरधाम, भदौ १८। एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको म्याच हेर्न आजपनि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालय आंशिक बन्द हुने भएका छन् ।
आइतबार उपमहानगरको शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले एक सूचना जारी गरी आज दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द हुने जानकारी दिएकी छन् ।
सूचनामा जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतबीच हुने खेलले गौरब महसुस भएकोले टिमको हौसला बढाउनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।
यसअघि नेपाल र पाकिस्तानबीचको खेल हेर्न पनि उपमहानगरपालिका विद्यालयहरुमा विदा दिइएको थियो ।