रुकुम पश्चिम, भदौ १८ । रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ। चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनालाई आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।
खोलाले बगाएका मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको छ । बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन्। उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए। मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।