काठमाडौं, १८ भदौ । नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित् सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको हो ।
रुसी महासंघ नेपालको पुरानो मित्र हो। सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भएपश्चात नेपाल र रुसको सम्बन्ध सुमधुर रहिआएको छ। नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको छ।
राजदूतसँगको भेटवार्तामा सभामुख घिमिरेले रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनता आभारी रहेको र आगामी दिनमा पनि सहकार्य थप मजबुद बनाउने धारणा राखेको जनाईएको छ ।