काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले टेरामक्स प्रविधिको आवश्यकत्ता औंल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद केसीले यो प्रविधिले टेलिकम क्षेत्रमा सुधार गर्ने र गोलमाल नियन्त्रण गर्ने विश्वास दिलाए ।
उनले भने,‘मोवाईल टेलिकम अपरेटर नेपालमा खाली दुई वटामात्रै मोवाईल अपरेटर छन् । एउटा एनटिसी र अर्को एनसेल । यो वर्षेनि ग्राहकहरुको संख्या बढ्दै जानु, भ्वाईस डाटाहरुको प्रयोग पनि बढ्दै जानु । तर, हरेक वर्ष राष्ट्रिय राजश्वसमा आउनुपर्ने रकमहरु घट्दै जानुको बास्तविक रहस्य के हो ? त्यतातिर सरकार गम्भीर बनोस । एनटिसीको म्यानपावर पनि छ । फाइनान्सियल रिसोर्स पनि छ । पूर्वाधार पनि छ । तर, त्यति हुँदाहुँदैपनि ०७४/७५ मा ९१ लाख ५६ हजार ९ सय ९१ ग्राहक थिए । जम्मा ३८ अर्ब ८४ करोड आम्दानी गर्यो । ०७८/०७९ मा एक करोड ९६ लाख २० हजार ४ सय ६९ ग्राहक बढेको छ। तर, आम्दानी भने घटेको छ। ३८ अर्बबाट ३७ अर्ब पुगेको छ।’
एनसेलको पनि त्यस्तै हालत रहेको उनको भनाई छ । यो बीचमा नो बिलिङ, भिओईपी, कल डाइभर्टजस्ता अनेक किसिमका खेल यस क्षेत्रमा देखिएको भन्दै त्यतार्फ सरकारले गम्भीरतापूर्वक हेर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले टेरामक्सबारे आफूले पनि धेरै कुरा सुनेको उल्लेख गरे । टेरामक्सले अण्डर भ्वोइसिङ, नो बिलिङ, र त्यहाँभित्र हुने गोलमाल नियन्त्रण गर्न हो भन्ने कुरा आफूले बुझेको उनले सुनाए।
अमेरिकालगायत विभिन्न देशमा मनिटरिङ सिस्टमको लागि त्यो प्रविधि लागु भएको सुनाउँदै नेपालमा पनि त्यो प्रविधि ल्याउन नदिनु भनेको ठूलो घोटाला भएको आफूलाई लागेको उनको आरोप थियो ।