Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौं, भदौ १९ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ८८ पैसा र बिक्री दर १६७ रूपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्