Logo

कांग्रेस नेतालाई प्रश्न— देउवाको उत्तराधिकारी शेखर कि शशांक ?



काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथिको सुनियोजित आक्रमणले गृहप्रशासनको नेतृत्वमाथि गम्भीर प्रश्न उब्जिएको टिप्पणी गरेका छन् ।
‘हिजो रिपोर्टर्स क्लबको ढोकामै हाम्रा सहमहामन्त्रीमाथिको सुनियोजित आक्रमण सिंगो समाज नै असुरक्षित रहेको जनाउ हो । यसमा मुख्यतः गृहमन्त्रीको कामकारबाही ठीक भएन । जनताको विश्वास जित्ने गरी काम भएनन् भन्दा भन्दै हिजोको घटना भयो । यसबाट कांग्रेसलाई सोच्नुपर्ने बनाएको छ । यसबारे नेतृत्व तहमा पनि छलफल जरुरी छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहप्रशासनका संयन्त्रलाई शान्ति सुरक्षाका लागि परिचालन गर्न नसकेको आरोप पनि विश्वकर्माले लगाए । उनले भने, ‘राजधानीको मुटु पुलिस क्लबका अगाडि दिनदहाडै अत्यन्त निन्दनीय र भर्त्र्सनायोग्य घटना भएको छ । जसले प्रचारबाजी मात्र गर् यो, ऊ लोकप्रिय र असल अनि जसले राम्रो काम गरिरहेको छ, उसलाई खराब भन्ने गरिएको छ । जनतालाई अनुभूति हुने केही काम नभएपछि कांग्रेसले प्रधानमन्त्री र गृहमन्त्रीलाई सचेत गराउँदै आएको हो । गृहमन्त्रीजस्तो व्यक्ति निजी प्रचार र स्टन्टबाजीमा मात्र लाग्नु दुःखद हो ।’
कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता विश्वकर्माले भने, ‘एउटा घटनाबाट आत्तिने र उत्तेजित हुने भन्दा पनि गृहमन्त्रीका काम कारबाही ठीक नभएको जनताले महसुस गरिरहेका छन् । भ्रष्टाचारविरुद्धको अभियान भन्दै केही व्यक्तिलाई प्रतिशोधपूर्ण ढंगले झूटा मुद्दा लगाउने, एउटा मुद्दा चलिरहँदा अर्को मुद्दा थपिदिने, एक पटक छानबिन भइसकेपछि फेरि बोलाएर थुन्ने कुरालाई कसरी लिने ? गृहमन्त्रीको राजीनामा माग्ने हो वा सच्चाएर जाने हो ? यसमा कांग्रेसले पनि सोच्नुपर्छ ।’

कांग्रेसले प्रधानमन्त्री वा सत्ता गठबन्धन बदल्ने नसोचेको उनले स्पष्ट पारे । तर सरकारमा बसेर कसैलाई अन्याय र कसैलाई संरक्षण गर्न नहुने औंल्याए । उनले भने, ‘बालकृष्ण खाँडविरुद्ध कसैले उजुरी गरेको छैन । तथ्य र प्रमाण पनि छैन । तर प्रधानमन्त्री र गृहमन्त्री निकट मानिएका व्यक्तिविरुद्ध जाहेरी छ, प्रमाण पनि छ । तर आनन्दले घरमै बसिरहेका छन् । राज्यका तर्फबाट कसैलाई अन्याय कसैलाई संरक्षण हुनुहुँदैन ।’
चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको पनि नेता विश्वकर्माले औंल्याए । उनले भने, ‘नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामीले आफ्नो देशको हित हुने गरी छिमेकीहरुसँग सन्तुलित सम्बन्ध राख्ने हो । हामीले कुनै मुलुकका विरुद्ध नेपालको भूमि प्रयोग गर्न दिएका छैनौं । एक राजदूतले यसरी कुनै मुलुक ठीक वा कुनै मुलुक बेठीक भनेर अभिव्यक्ति दिनु कूटनीतिक मर्यादाविपरीत हुन्छ । आजको संसद्मा कांग्रेसले सहमहामन्त्रीमाथिको आक्रमण  र राजदूतको अभिव्यक्तिबारे सशक्त आवाज उठाउँछ ।’
पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी शेखर कि शशांक कोइराला हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘पार्टीको विधानले दुईपटकभन्दा बढी सभापति बन्ने छुट दिएको छैन । सभापति स्वयंले दे तेहेर् याएर बन्दिन भनेपछि दोस्रो वरीयताका नेताहरुले आकांक्षा राख्नु अन्यथा लिनु हुँदैन । तीन वर्ष बाँकी हुँदा नै फलानो नेता सभापति हो भन्नु काम कुरो एकातिर कुम्लो बोकी कतातिर भनेजस्तै हो ।’

 



प्रतिक्रिया दिनुहोस्