काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा हिजो भएको सांघातिक हमलाप्रति निन्दा गरेका छन् । र, दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद थापाले भने,‘कांग्रेस सहमहान्त्री महेन्द्र यादवमािथ काठमाडौंमा सांघातिक हमला भयो । मैले उहाँलाई हिजो भेटें । चिकित्सकहरुका अनुसार उहाँ भाग्यले बाँच्नुभयो । उहाँले नछल्नुभएको भए जे पनि हुनसक्दथ्यो । म उहाँको श्रिघ स्वास्थ्यलाभको कामना गर्दछु ।’
थापाले यादवमाथि सांघातिक आक्रामण गर्ने व्यक्ति पक्राउ परेको तर ती व्यक्ति सन्का रहेको भनेर हलुका ढंगले बाहिर कुरा भएकोप्रति आक्रोशे पोखे । उनले भने,‘उहाँमाथि सांघातिक आक्रामण्क गर्ने मान्छे पक्राउ परेको छ। एउटा सन्काले सन्किएर हान्यो भनेर यसलाई थामथामथुमथुम पार्ने कोशिस हुँदैछ । म नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । यसको गहिरो अनुसन्धान गर्न भन्छु । गृहमन्त्रीलाई सोध्न चाहन्छु–के अब हामी काठमाडौंमा एक्लै हिँड्न नसक्ने भएको हो ? कोही जलाईदिन्छु भन्छ । कोही खुकुरी हान्छ । हामी एक्ले हिँड्न हुने हो कि हाईन ?’
थापाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठाउँ ठाउँमा भाषण गरेको सुनेको उल्लेख गदै भाषणभन्दा पनि काम गर्न केन्द्रित हुन सुझाव दिए । उनले भने,‘हामीले प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँ ठाउँमा बोलेको सुनेका छौं । यसलाई छाडिनेछैन, उसलाई छाडिनेछैन भनेर । म भन्छु –जिम्मा लिएकोले बोल्ने होईन । काम गर्ने हो । हामीले परिणाम हेर्ने हो । काठमाडौंमा सार्वजनिक कार्यक्रमबाट सहभागी भएर आँउदै गरेको संविधानसभा भैसकेको व्यक्ति सुरक्षित छैन भने, प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नुपर्दैन् ।’
उनले संसद्भित्र रहेका सबै दल, मिडिया, नागरिक समाज गम्भीर हुनुपर्ने बेला आएको पनि आवश्यकत्ता औंल्याए । उनले भने,‘समाजमा असन्तुष्टि छ । यसलाई देखाएर हिंसालाई प्रोत्साहन दिन खोजियो भने गलत हुन्छ । त्यसो गरियो भने नेपाली समाजले ठूलो मूल्य चुकाउनुपर्छ । असन्तुष्टिलाई भजाएर अराजकतालाई प्रश्रय दिने काम नगरौं । यो घट्नालाई सामान्य रूपमा नलिउँ ।’
यस्तै, थापाले हालै काठमाडौंको कान्ति बाल अस्पतालमा लाईन बसेको एउटा हजुरबुवाले उपचार गर्न नपाएर नातिनी गुमाएको घट्नाबारे पनि सरकार गम्भीर हुनुपर्ने बताए । उनले भने,‘यो घट्नालाई पनि सामसुम नपारियोस ।’