काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव दुई साता लामो निजी भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । काठमाडौं एयरपोर्टबाट भदौ ८ गते दिल्ली उडेका यादव आज १४ दिनपछि स्वदेश फर्किएका हुन् ।
उनी नेपाल आउँदा भने स्थलमार्ग हुँदै आएका हुन् । उनी आज जनकपुर आएको नेताहरुले जनाएका छन् । उनी युपी, झारखण्ड, विहार हुँदै रेलबाट जनकपुर आएका हुन् ।
जनकपुर ओर्लिएकै दिन उनी प्लेन चढेर काठमाडौं आएको बताईएको छ । यादवको यसपटकको भारत भ्रमणलाई निकै महत्वको साथ हेरिएको छ । उनले दिल्लीमा रहँदा महत्वपूर्ण भेटवार्ता गरेको बताईएको छ। file photo