Logo

नेविसंघ नेता अशोक धमलाको बी एण्ड बी अस्पतालमा उपचार हुँदै



काठमाडौं, २५ भदौ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ईं अशोक धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको छ । नेता धमलामाथि आज (सोमबार) कोटेश्वरमा आक्रमण भएको हो ।

धमलाको शरीरको कुम (सोल्जर) मा ठूलो चोट लागेको हो । आक्रमणबाट गम्भीर घाईते भएका धमलाको यतिवेला ललितपुरको ग्वार्कोस्थित् बि एण्ड बी अस्पतालमा उपचार भैरहेको छ ।

धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने व्यक्ति कोरियन नागरिक भएको खुलेको छ । प्रहरीले ती अपराधीलाई यतिवेला कोटेश्वर प्रहरी चौकीमा थुनामा राखेर अनुसन्धान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्