Logo

वीरगञ्जस्थित बाल सुधार गृहमा रातभर तनाव



काठमाडौं, भदौ २७ । पर्साको विरगन्जस्थित बाल सुधार गृह तनावग्रस्त बनेको छ । बाल सुधार गृहभित्र रहेकाहरुबीच आपसी विवाद हुँदा मंगलबार राती तनाव उत्पन्न भएपछि प्रहरी नै परिचालन गर्न परेको हो ।

प्रहरीको तैनाथीपछि बाल सुधार गृहमा रहेका बालबालिकाहरु थप आक्रोसित बनेपछि तोडफोड गर्दै प्रहरीमाथि पनि ढुंगामुढा हानेका थिए । सुधारगृहमा रहेका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेपछि एसपी कोमल शाहको नेतृत्वमा प्रहरी पुगेको थियो।

सानोठिमीस्थित बालसुधार गृहबाट लगिएका १८ र यहाँ रहेका अन्य कैदीबन्दीबीच मंगलवार बेलुकी विवाद बढ्दा तनाव उत्पन्न भएको प्रहरीले जनाएको हो।

विवाद चर्केपछि केही बाल कैदीबन्दीले तोडफोड र ढुंगामुढा गरेका हुन्। तनाव साम्य पार्न प्रहरीले बाहिरबाट हवाइ फायर र अश्रुग्यास समेत प्रयोग गरेको थियो। दोहोर झडपमा सामान्य घाइते भएका ११ बाल कैदीबन्दी को नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्