Logo

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्डको आशन्न अमेरिका भ्रमण र चीन भ्रमणका साथै समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री प्रचण्ड भोली शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै छन्। उनी त्यहीबाट असोज ५ गते चीन भ्रमणमा जानेछन् ।



प्रतिक्रिया दिनुहोस्