काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको निजी स्कुल स्वप्न बाटिका (एसभी) एकेडेमीले सरकारी जग्गा हडपेको खुलेको छ । प्राइभ टाइम टेलिभिजनमा प्रसारण हुने कार्यक्रम खबर अन्वेषणले उक्त खुलासा गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगरमा सञ्चालित एसभी एकेडेमीले आधा रोपनी बढी सरकारी जग्गा हडपेको खबर अन्वेषणले खुलासा गरेको छ । सरकारी बाटो र जग्गा नै कब्जा गरेर शिक्षामन्त्री राईको निजी स्कुलले रजाईं गरिरहेको खुलासा भएको हो ।
शिक्षामन्त्री श्रीमती एवं जसपा नेपालकी सांसद शुशिला श्रेष्ठको नाममा रहेको जग्गामा आवासीय प्रयोजनका लागि भवन निर्माण गरेर स्कुल चलाइरहेको तथ्य समेत खबर अन्वेषणले सार्वजनिक गरेको छ । त्यस्तै ४ तले भवनको नक्सापास गराएर ६ तले भवन समेत निर्माण गरेको तथ्य समेत सार्वजनिक भएको हो ।
Video & Photo Source: Prime Times Youtube
हेनुहोस् खबर अन्वेषण कार्यक्रम