Logo

असोज २० सम्म नौबिसे–मलेखु सडकखण्ड राति ११ बजेदेखि ३ बजेसम्म बन्द हुने



काठमाडौं, असोज ३। पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।

रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरिने निर्णय गरेको छ । सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्