काठमाडौं, असोज ४ । साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिप बिहीबारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालको भिडन्त पाकिस्तानसँग हुँदैछ । यो खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगिताको लागि नेपालले बुधबार मात्रै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले घोषणा गरेको नेपाली टोलीको कप्तानी गोलकिपर जियारत शेखले गर्नेछन् । उनले मनाङ मस्र्याग्दी क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।
साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिपमा यसपटक ६ टोली सहभागि छन् । समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् भने समुह बि मा भारत, बंगलादेश र भुटान रहेका छन् ।