Logo

पाकिस्तानमा आगामी वर्षको प्रारम्भमा आम निर्वाचन हुने



इस्लामावाद, ४ असोज । पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो ।

“निर्वाचन क्षेत्रको अन्तिम नामावली नोभेम्बर ३० मा प्रकाशित हुनेछ। त्यसपछि ५४ दिनको निर्वाचन कार्यक्रम पश्चात सन् २०२४ को जनवरीको अन्तिम साता निर्वाचन हुनेछ,” आयोगले केहीबेरअघि सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्