Logo

सत्तामा पुग्ने होडबाजीले देशको अवस्था बिग्रँदै गयो : माधव नेपाल



काठमाडौं, ५ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय देशमा सत्तामा पुग्ने होडबाजी चलेकोले देश नबनेको टिप्पणी गरेका छन् । उनले नेपालको पछिल्लो राजनीतिक परिपाटी नै गलत देखिन थालेको टिप्पणी गरे । त्यसले गर्दा देशको अवस्था बिग्रिएको उनको भनाई छ ।

आज (शुक्रबार) पार्टी निकट पार्टीनिकट उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले देश हाँक्ने र बनाउने संकल्पको अभाव रहेको पनि औंल्याए । उनले भने, ‘कसैगरी सत्तामा पुगौं र आफ्नो लाभमा प्रयोग गरौ भन्ने छ ।’



प्रतिक्रिया दिनुहोस्