Logo

गगन थापा अभियन्ता ईःले उठाएका मागप्रति सकारात्मक, मेयर बालेन्द्रसँग भेटेर कुरा राख्ने



काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले अभियन्ता ईःलगायतले उठाएका विषयमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग भेटेर छलफल गर्ने कोशिस गरिरहेको बताएका छन् । थापाले लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नपर्ने बताएका छन् ।
थापाले ईःलगायतले फूटपाथ व्यवसायीहरुको व्यवस्थापन हुनुपर्ने भनेर राखेको मागप्रति सकारात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्–

राष्ट्रिय सभागृह बाहिर आज छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु।

लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ। ई: लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी ‘Street Vendors’ को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन।

सँगै बसेर कुरा गरेपछि,एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यस कारण मेरो आग्रह छ-निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस्।



प्रतिक्रिया दिनुहोस्