Logo

कोशीमा मन्त्रिपरिषद् विस्तार २ मन्त्री र २ राज्यमन्त्री नियुक्त



काठमाडौं,८ असोज । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् ।
जस अनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।

त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

४ मन्त्री नियुक्त भएसँगै कोशी प्रदेश सरकार ९ सदस्यीय बनेको छ । भदौं २२ मा कार्की सर्वोच्चको परमादेशले मुख्यमन्त्री नियुक्त भएका थिए । नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुनेछ ।



प्रतिक्रिया दिनुहोस्