Logo

अभियन्ता ईः को अभियानलाई एमालेको समर्थन



काठमाडौं,९ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध जवाफदेहिता खोज्दै ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिईरहेको अभियन्ता ईः लाई नेकपा एमालेले पनि साथ दिएको छ ।

मंगलबार नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अभियन्ता ईः लाइ भेटेर उक्त अभियानको समर्थन गरेका हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पाण्डे अभियन्ता ईः सँगै केहीबेर उभिएर समर्थन जनाएका थिए । पाण्डेले सडक- साइकल- गाडा- परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर । विकल्प देऊ! लेखिएको प्लेकार्ड बोकेका थिए । उपाध्यक्ष पाण्डेसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि उक्त अभियानमा एक्यबद्धता जनाएका छ्न ।

थापाले बोकेको प्लेकार्डमा लेखिएको छ, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ । ईः ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।’

काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्नेहरुलाई नियोजित ढंगले हटाएको भन्दै साना व्यवसायीहरु आन्दोलित बनिरहेका छन् । उक्त आन्दोलनमा विस्तारै राजनीतिक दलका नेताहरु पनि समर्थन गरिरहेका छ्न ।



प्रतिक्रिया दिनुहोस्