Logo

अभियन्ता ईः को प्रदर्शनमा कांग्रेस नेता महरको समर्थन



काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अभियन्ता ईः को प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिईरहेका ईः लाई भेटेर महरले समर्थन जनाएका हुन्

यसअघि ईः लाई भेटेर महानगरकी उपमेयर सुनिता डंगोल, एमो उपाध्यक्ष सुरेन्द्र पाण्डे र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि समर्थन गरेका थिए ।

अहिले महानगरपालिका र ईः का प्रतिनिधिबीच वार्ता चलिरहेको छ । वार्तामा मेयर बालेन र ईः भने उपस्थित भएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्