Logo

एमाले बागमती अधिवेशन : आज मनोनयन



काठमाडौं, असोज १०। नेकपा (एमाले) को बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ । निर्वाचनका लागि आज बिहान अन्तिम नामावली सार्वजनिक गरेर ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

अपराह्न ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङका अनुसार बिहीबार बिहान ११ बजेदेखि मतदान सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्