Logo

एमाले बागमती अधिवेशन: मतदाता नामावली प्रकाशन



काठमाडौं, १० असोज । नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशन अन्तर्गत मतदाता नामावली प्रकाशन भएको छ ।आज बिहान प्रकाशित मतदाता नामावलीमा एक हजार १६५ जनाको प्रारम्भीक नाम टाँसिएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन प्रक्रिया सुरु भएको हो । अन्तिम नामावली पनि आजै प्रकाशित हुनेछ ।

आजै उमेदवारी दर्ताको कार्यक्रम छ । अपराह्न ४ बजे उमेदवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

बिहीबार (भोलि) बिहान ११ बजे मतदान हुने तय भएको छ ।

जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ ।

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालको मुख्य दावेदारी रहेको छ । निर्वाचनमा पूर्व कानूनमन्त्री कृष्णभक्त पोखरेलले पनि उम्मेदवारी दिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्