Logo

नवनियुक्त राजदूतहरूले राष्ट्रपतिसमक्ष लिए शपथ



काठमाडौं, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरूले पद तथा गोपयिनताको शपथ ग्रहण गरेका छन् ।

आज (बुधबार) राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित एक समारोहबीच उनीहरुले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण गर्ने नवनियुक्त राजदूतहरुमा फ्रान्सका लागि सुधीर भट्टराई, युएईका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् ।

उक्त अवसरमा माननीय कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शितलनिवासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्