काठमाडौं,१० असोज । चीनको हाङझाओमा जारी १९ औँ एसियन गेम्समा नेपाली क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आधा दर्जन विश्व कीर्तिमान कायम राख्दै नवप्रवेशी राष्ट्र मंगोलियाविरुद्ध शानदार जित हात पारेका छ । आज भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः एकपटक सनसनीपूर्ण प्रदशर्न गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्ल , दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट प्रदर्शनमा ३१४ रनको विशाल योगफल खडा गर्न सफल भएको थियो । ३१४ रनको योगफल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको सबैभन्दा ठूलो स्कोर हो ।
नेपालले शानदार जित दर्ता गरेपछि कप्तान पौडेलले यसपटक नेपालले एसियाडमा पदक जित्नसक्ने संभावना रहेको बताएका छन् । कीर्तिमानी जित निकालेपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले आफुहरु डगआउटमा बस्दा होस् वा जहाँ कहाँपनि आफुहरु मेडन जित्नुपर्छ है भनेर कुरा गरिरहने बताएका हुन्।
उनले भने ‘कन्डिसन र विकेट हेरेर पदक जित्छौँ जस्तो लाग्छ। तर हामी एक समयमा एक खेललाई लिएर अघि बढ्ने हो।’
कप्तान पौडेलले टी-२० क्रिकेटमा नेपालले बनाएको ३१४ रनको योगफल सामान्य नभएको बताए । उनले भने, ‘हामीले टस जित्यौँ भने बलिङ गर्ने सोच थियो। जस्तो टिम भए पनि विकेट हेरौँ भन्ने थियो। तर टी–२० मा ३ सय ४ सय अपेक्षा गर्नुहुन्न। टी–२० मा आक्रामक ब्याटिङ गर्ने रणनिति थियो। टिमले एकदम राम्रो गरर्यो। ३ सय १४ कम हो जस्तो लाग्दैछ।’
नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्सविरुद्ध खेल्दैछ ।