Logo

किर्ते मुद्दाका प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियारद्धारा सर्वोच्चमा पुनरावेदन



काठमाडौं,१० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दायर भएको नक्कली बिल भरपाई मुद्दामा सफाई दिएको भन्दै सर्वोच्चमा पुनरावेदन दिएको छ ।

नक्कली बिल भरपाई बनाएर ४ लाख ६४ हजार १६१ रुपैयाँ २५ पैसा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले जिल्ला विकास समिति सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अदालतमा दायर रिटमा सफाई दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो।



प्रतिक्रिया दिनुहोस्