Logo

प्रभु साह आक्रामक, गौरहत्याकाण्डको बारेमा जिल्लाका विभिन्न ठाउँमा अन्तरक्रिया सम्पन्न



काठमाडौं, १० असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गौर हत्याकाण्डको विषयमा रौतहटका विभिन्न ठाउँमा अन्तरक्रियाको आयोजना गरेका छन् । साहले आज (बुधबार) जिल्लाको माधवनारायण नगरपालिकाको खेसरहिया, यमुनामाई गाउँपालिकाको सरूअठा, गौर नगरपालिकाको गौर र राजदेवी नगरपालिकाको ब्रह्मपुरीलगायतका स्थानमा अन्तरक्रिया गरेका हुन् ।

साहले गौरहत्याकाण्डका पीड़ितलाई न्याय दिलाउन बृहत् अन्तरक्रिया सम्पन्न भएको जनाएका छन् । उनले गौर हत्याकाण्डले रौतहटको गौरवशाली छविलाई धुमिल गर्ने कार्य गरेको निष्कर्षसहित सहभागीहरुले न्यायको पक्षमा दृढ़तापूर्वक अगाड़ी बढ़ने प्रतिबद्धता जनाएको पनि उल्लेख गरेका छन् ।

साहले यसअघि पनि आफूले गौर हत्याकाण्डका पीडितहरुलाई न्याय दिलाएरै छाड्ने अठोट गरेका छन् । सरकारले केही पहिले (गत साउन २३ गते) गौर हत्याकाण्डका पीडितसँग पाँच बुँदे सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन गर्न भने सरकारले आलटाल गरेको पीडितहरुको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्