Logo

सरकारले सम्बन्धित निकायसँग छलफल नगरिकन हतारमा शिक्षा विधेयक पेस गर्‍यो ,तत्काल सच्याउनुपर्छ: सांसद चन्द्र भण्डारी



काठमाडौं,१० असोज । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले संसद्मा दर्ता भएको शिक्षा विधेयक सच्यानुपर्ने बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा सम्पन्न संसदीय दलको बैठकबाट बाहिरिेक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले सरकराले हतारमा, कुनै छलफलनै नगरि विधेयक ल्याएकाले सच्याउनुपर्ने बताए ।

शिक्षासम्बन्धी जुन विधेयक आएको छ, यो भनेको केवल शिक्षकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन होइन । योसित अभिभावक हुन्छन् । योसित विद्यार्थी हुन्छन् । योसित पाठ्यक्रम हुन्छ । योसित परीक्षा प्रणाली हुन्छ । त्यसकारणले सरकारले पेस गर्ने हो । सम्बन्धित निकायसँग कुरा नगरिकन हतारमा पेस गर्‍यो । अत्यन्तै ठूलो मेच्युरिटीको अभाव । त्यसकारणले टिचरहरूले आन्दोलन गरे, उनले भने ।



प्रतिक्रिया दिनुहोस्