Logo

आजपाको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न, दर्जनौं नेता कार्यकर्ता गरे प्रवेश



काठमाडौं, १० असोज । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटको गढीमाई नगरपालिका-७, धनाडीमा आयोजित पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम उत्साहप्रदरुपमा सम्पन्न भएको आजपाले जनाएको छ ।

पार्टी प्रवेश कार्यक्रममार्फत विद्यमान पार्टीहरु एकताबद्ध भएर देश बर्बाद गर्न लागिपरेको र आजपाको नेतृत्वमा मात्र मुलुकलाई सहि दिशामा डोर्‍याउन सकिने भन्दै नेपाली कांग्रेसका चर्चित नेता मुकेश कुमार यादव, सुरेश यादव, नेकपा एसका नेता सोगारथ राय, नेकपा एमालेका नेता बतहु ठाकुरलगायत दर्जनौं नेता कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरी आम जनता पार्टी प्रवेश गरेकाछन्।

नवप्रवेशी नेताहरुलाई अध्यक्ष प्रभु साहलगायतले स्वागत गरेका थिए । आजपा पछिल्लो समय देशैभर संगठन विस्तारको अभियानमा लागेको छ ।



प्रतिक्रिया दिनुहोस्