Logo

कतार उडे राप्रपा अध्यक्ष लिङ्देन



काठमाडौं, असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कतारतर्फ प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा हुने विविध कार्यक्रममा सहभागी हुन लिङ्देन बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।

अध्यक्ष लिङ्देन कतारमा रहँदा त्यहाँको विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने, नेपाली श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने, राजदूतावास कार्यालयका अधिकारीसँग विविध विषयमा छलफल गर्ने साथै प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित कार्यक्रममा सहभागी हुने तालिका रहेको छ । लिङ्देन असोज १३ गते स्वदेश फर्कनेछन् ।



प्रतिक्रिया दिनुहोस्