Logo

रास्वपाले भन्योः ठूला प्रकरणको अनुसन्धानमा सरकारले गलत मनसाय राखेको पुष्टि हुँदै गयो



काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूला भ्रष्टाचारका प्रकरणमा छानबिन गर्ने र कानूनी कठघरामा उभ्याउन हिम्मत गर्ने अधिकारीमाथि सरकारले गलत मनसाय राखेको पुष्टि हुँदै गएको दाबी गरेको छ ।

बुधबार पार्ती मुख्यालमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो । रास्वपाले प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्ड नेतृत्वको सरकाले प्रारम्भमा सुशासनको पक्ष र भ्रष्ट्राचारविरुद्ध सकारात्मक सुरुवातको संकेत गरे पनि उसका पछिल्ला गतिविधि र निर्णयमा प्रशस्त संसय देखिएको जनाएको छ । ‘विषेशगरि ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा भएको अनुसन्धान र अभियोजनप्रति जनस्तरबाटै प्रश्न उठाइएको छ । अभियुक्तले किटान गरेका मात्र होइन प्रहरीको प्रतिवेदनमा समेत उल्लेख भएका कतिपय राजनीतिकर्मी प्रति नरम नीति लिएको आशंकालाई सरकारका गतिविधि र निर्णयले बल दिएको छ’ । रास्वपाले भनेको छ ।

‘नक्कली भुटानी शरणर्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणमा सम्मानीत सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय एवम् तत्कालीन मुख्य सचिवलाई मुद्दा नचलाउनुको कारण नै मागेको सन्दर्भ होस् या नक्कली भुटानी शरणार्थी प्रकरणमा गर्ने भनिएको दोस्रो चरणको अनुसन्धान रोकिएको प्रसंग नै किन नहोस् वा प्रहरी अधिकारीको एक्कासी जिम्मेवारी हेरफेरसहित नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाका अभियुक्तलाई पुर्पक्षमा पठाउने न्यायाधीशकै सरुवा जस्ता गतिविधिले ठूला प्रकरणको अनुसन्धानमा सरकारले गलत मनसाय राखेको पुष्टि हुँदै गएको देखिन्छ’ । रास्वपाले भनेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्ने प्रहरीको दुई अधिकृतहरु मानोज केसी र श्यामलाल ज्ञवाली तथा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको अस्वभाविक सरुवाले सरकारमाथी प्रश्नहरु उठिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्