Logo

एमाले कर्णालीको बन्दसत्र आज, अध्यक्षमा शाह र शाहीको भिडन्त



काठमाडौं,११ असोज । बुधबारबाट सुरु नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु भएको छ । बुधबार अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनले ५ पदाधिकारीसहित १३५ जनाको कार्य समिति चयन गर्नेछ ।

आजबाट सुरु बन्दसत्रमा प्रदेश अध्यक्ष विनोद शाहले राजनीतिक दस्तावेज पेश गर्नेछन् । उनले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ । आज बन्दसत्र सुरु भएपनि चुनावी प्रक्रिया भने भोलिबाट सुरु हुनेछ । अध्यक्षमा आधा दर्जन नेताले आकाँक्षा राखेका छ्न । आकाँक्षीको संख्या बढ्दै गएपनि अन्त्यमा सल्यानको गुलावजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने नेताहरुले बताएका छन् ।

अध्यक्षका प्रत्याशी शाहीलाई नेता गोरखबहादुर बोगटीले समर्थन गरेका छन् । भने, शाहलाई नेता यमलाल कँडेलले समर्थन गरेका छन् । कँडेल र बोगटी पार्टीमा महासचिव शंकर पोखरेल निकट मानिन्छन् । तर प्रदेशको राजनीतिमा भने एक अर्काबीच गुटगत राजनीति चलाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्