काठमाडौं,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार नासु कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले कटुवाल र अधिकारीलाई सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियँत्रण लिईएको हो ।