Logo

कोशी प्रदेशको हिउँदे अधिवेशन आह्वान



काठमाडौं,१२ असोज । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम चौथो अधिवेशन आह्वान भएको जनाएका छन् । यसअघि भदौ ६ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो ।

गत भदौ २२ गते सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीे असोज २० गतेसम्म मा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस भन्दा अगाडि दोस्रो पटक अध्यादेशमार्फत आएको बजेटलाई प्रदेश सभानमा पेश गनेृ सरकारले तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्