Logo

एमाले कर्णालीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता



काठमाडौं,१२ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षमा गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही र प्रेमबहादुर सिंहको उम्मेदवारी परेको छ ।

सल्यानका शाह यसअघि कर्णाली प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक थिए । कालीकोटका मीनबहादुर शाही भने ओली सरकारका पालामा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।

दैलेखका राजबहादुर शाही कर्णालीका पूर्वसभामुख हुन् । यस्तै कालीकोटका प्रेमबहादुर सिंह लामो समयपछि एमाले फर्किएका नेता हुन् ।

चार जनाको उम्मेदवारी परे पनि मुख्यप्रतिस्पर्धा गुलाबजंग शाह र मीनबहादुर शाहीबीच हुने चर्चा छ । शाह र शाही दुबै एमाले महासचिव शंकर पोखरेल निकटका नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्