Logo

संसद अवरोध गर्ने एमालेको चेतावनीपछि प्रचण्ड–ओलीबीच भेटवार्ता



काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज दिउँसो १ बजे बस्ने संघीय संसद बैठकमा सरकारी एजेन्डामा प्रवेश गर्न नदिने तयारी गरेपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता भएको हो ।

एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेर फर्किएका छन् । उक्त भेटवार्ताम माओवादीका तर्फबाट उपप्रधानमन्त्री समेत रहेका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डेसमेत रहभागी रहेका थिए ।

एमालेले सुन तस्करीबारे छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिलाई संसदले अनुमोदन गरेपनि त्यसको कार्यान्वयन गर्नेबारे सरकार गम्भीर नदेखिएकाले आजको बैठकमा सरकारी एजेन्डामा प्रवेश गर्न नदिने तयारी गरिएको हो ।

एमालेले आज दिउँसो १ बजे बस्नै प्रतिनिधि सभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि भेटवाताए भएको छ । भेटवार्तामा भएको छलफलबारे जानकारी गराइएको छैन् ।

वालुवाटरबाट एमाले अध्यक्ष ओली नेतृत्वको टोली बाहिरिए लगत्तै प्रधानमन्त्री प्रचण्डले अहिले ११ बजे बस्नेगरी सातै दलका शिर्ष नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्