Logo

ओली बालुवाटारबाट बाहिरिए लगत्तै प्रधानमन्त्रीले बोलाए सात दलको बैठक



काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अहिले बिहान ११ बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाइएको हो ।

बैठकमा संसद सञ्चालन, सुन तस्करीको छानबिन लगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले सात दलको बैठक बोलाउनुअघि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । एमालेले आज दिउँसो १ बजे बस्ने संघीय संसद बैठकलाई अवरोेध गर्दै सरकारी एजेन्डामा प्रवेश गर्न नदिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले छलफलका लागि अध्यक्ष ओलीलाई बालुवाटर बोलाएका थिए ।

एमाले उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका ओली करिव दुई घण्टा छलफल गरेर बालुवाटारबाट बाहिरिएका छन् ।

एमालेले सुन तस्करीबारे छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिलाई संसदले अनुमोदन गरेपनि त्यसको कार्यान्वयन गर्नेबारे सरकार गम्भीर नदेखिएकाले आजको बैठकमा सरकारी एजेन्डामा प्रवेश गर्न नदिने तयारी गरेको छ ।

भेटवार्तापछि एमालेले आज दिउँसो १ बजे बस्नै प्रतिनिधि सभा बैठक अवरोध गर्ने नगर्नेबारे धारणा बाहिर ल्याएको छैन् ।
एमाले अध्यक्ष ओली नेतृत्वको टोली बालुवाटरबाट बाहिरिए लगत्तै प्रधानमन्त्री प्रचण्डले अहिले ११ बजे बस्नेगरी सातै दलका शिर्ष नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्