Logo

एमाले कर्णालीको नेतृत्व छान्न मतदान सुरू,अध्यक्षका लागि शाह र शाही मैदानमा



काठमाडौं,१४ असोज । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी अधिवेशनमा भर्खरै मतदान सुरु भएको हो ।
असोज १२ गते दिउँसो साढे १२ बजेदेखि ६ बजेसम्मलाई मतदान गर्ने समय तोकिए पनि उक्त निर्वाचन तालिका सदै–सर्दै आज (असोज १३) आइतबार दिउँसो १ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो।

अध्यक्षमा कालीकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने छ। जसमा शाहको टिमबाट टेकराज पछाई र शाहीको टिमबाट लालबहादुर महतारा चुनावी मैदान छन्।

यस्तै, उपाध्यक्षमा मुगुका दानसिंह परियार पनि उम्मेदवार बनेका छन्। यस्तै, सचवि पदमा शाहीको टिमबाट दैलेखका रुद्रबहादुर शाही र शाहको टिमबाट सुर्खेतका ध्रुवकुमार शाही उम्मेदवार बनेका छन्।



प्रतिक्रिया दिनुहोस्