काठमाडौं,१५ असोज । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालको पदक जित्ने सम्भावना बढेको छ ।
सोमबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले हराउँदै कास्य पदक जित्ने सम्भावना बलियो बनाएको छ।
७ टोलीको मात्र सहभागिता रहेको महिला कबड्डीको आफ्नो पहिलो खेलमा नेपालले सोमबार बंगलादेशलाई हराएपछि नेपालले पदकको खडेरी चिर्ने सम्भावना देखिएको हो ।
नेपाल रहेको समूहमा इरान पनि छ । इरानसँग हारेपनि नेपाल सेमिफाइनल पुग्न सक्ने सम्भावना बलियो छ । सेमिफाइनल पुग्ने टोलिको कम्तीमा कास्य पदक पक्का हुने छ ।